भोट हालेपछि प्रचण्डले भने–हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ
भरतपुर | मंसिर ४, २०७९
भरतपुर: नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।
आज मतदान गरेपछि उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै लागि आफूहरू विवाद नगर्ने स्पष्ट पार्नुभयो । कांग्रेसबट पनि साथीहरू हुनुहुन्छ । शेरबहादुर देउवाजी र गगन थापाजीको पनि कुरा छ तर हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ, उहाँले भन्नुभयो ।
गठबन्धनको स्पष्ट बहुमत आउने र आफूहरूले नै सरकार बनाउने पनि प्रचण्डले जानकारी दिनुभयो । प्रचण्डले शान्तिपुरस्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले मतदान गरेसँगै चितवनमा मतदान सुरु भएको छ ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

